आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देही–२ मा विष्णु पौडेल ४२८ मतले पछाडि

मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : २५
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ४२८ मतले पछि परेका छन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलभन्दा पछि परेका हुन् ।

सो क्षेत्रमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ३ हजार ३१९ मत पाएका छन् । एमालेका उम्मेदवार विष्णु पौडेलले २ हजार ८९१ मत पाएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरले २ हजार २९४ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप