भोजपुरमा गठबन्धन अगाडि
भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतपरिणामअनुसार भोजपुरको प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवारले बढी मत पाएका छन् ।
कुल खसेको ६२ हजार एक सय ६२ मतमा प्रतिनिधिसभातर्फ ११ हजार एक सय दुई मत गन्दा गठवन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सुदन किराँतीले पाँच हजार चार सय पाँच मत पाएका छन् । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार शेरधन राईले चार हजार एक सय ८५ मत प्राप्त गरेको सार्वजनिक गरिएको गणना विवरणमा उल्लेख गरिएको छ । दुवै उम्मेदवारबीचको मतान्तर एक हजार दुई सय २१ देखिएको छ भने अझै ५१ हजार ७९ मत गन्न बाँकी छ ।
यता प्रदेशसभा (१) तर्फ पनि गठबन्धन दलका उम्मेदवार प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई अगाडि छन् । एघार हजार आठ सय ५३ मत गनिरहँदा उनले छ हजार एक सय ९७ मत प्राप्त गर्नुभएको छ भने एमालेका हरिबहादुर राईले चार हजार दुई सय ३९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उम्मेदवारबीचको मतान्तर एक हजार नौ सय ५८ देखिएको छ ।
यस्तै प्रदेशसभा (२) तर्फ पनि गठबन्धनका उम्मेदवार कांग्रेसका विनोद बान्तवाले दुई हजार नौ सय ४६ मत प्राप्त गर्दा एमालेका खडगबहादुर कार्कीले दुई हजार सात सय १८ मत पाएका छन्। दुई सय २८ मत दुई उम्मेदवारबीचको अन्तर हो ।
प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा ५० प्रतिशत मतदान भएको थियो भने यहाँ दुवैतर्फ गरेर २५ जना दल र स्वतन्त्रको उम्मेदवारी परेको थियो । प्रतिनिधिसभातर्फ १२, प्रदेश (१) मा सात र प्रदेश (२) मा छ गरी २५ जनाको उम्मेदवारी छ । भोजपुरमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचनका लागि ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ महिला र एक अन्य गरी कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण