संघका दाबेदार कांग्रेस नेता राजीवविक्रम शाह प्रदेशमा फराकिलो मतान्तरले विजयी
बुधबार, ०७ मङ्सिर २०७९, ०६ : ११

जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् ।
शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् ।
शाह विशेषतः प्रतिनिधि सभामा अन्तिम पटक चुनाव लड्न चाहेका थिए । तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने वाध्यता भएपछि प्रदेशमा झरेका हुन् ।
शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए । शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन् । शाह निर्वाचित भएको (ख)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन