संघका दाबेदार कांग्रेस नेता राजीवविक्रम शाह प्रदेशमा फराकिलो मतान्तरले विजयी
बुधबार, ०७ मङ्सिर २०७९, ०६ : ११
जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् ।
शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् ।
शाह विशेषतः प्रतिनिधि सभामा अन्तिम पटक चुनाव लड्न चाहेका थिए । तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने वाध्यता भएपछि प्रदेशमा झरेका हुन् ।
शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए । शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन् । शाह निर्वाचित भएको (ख)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण