तनहुँ २ प्रदेश (२) मा कांग्रेसका जिल्ला सभापति आले विजयी
बुधबार, ०७ मङ्सिर २०७९, ०६ : २४
तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन्। आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भएका छन् ।
आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । प्रतिस्पर्धी नेकपा एमालेका केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे ।
प्रदेशसभामा निर्वाचित आले नेपाली काङ्ग्रेसका जिल्ला सभापति हुन् । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्। विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रदेशमा २९ हजार आठ सय ९८ मत खसेको थियो । यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण