पर्सा १ (क) मा माओवादी केन्द्रका रहवर अन्सारी तेस्रो प्रयासमा विजयी
बुधबार, ०७ मङ्सिर २०७९, ०६ : ४२
पर्सा निर्वाचन क्षेत्र नं १ (क) प्रदेश सभा सदस्य तर्फ माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् ।
अन्सारीले ७ हजार ८१७ मत प्राप्त गर्दा नेकपा एमाले उम्मेदवार विचारीप्रसाद यादवले ५ हजार २८६ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका अन्सारीले एमाले उम्मेदवार यादवलाई २ हजार २९८ मतले पछि पार्दै विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा २८ हजार २७३ मत खसेको थियो ।
२०७४ को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिका नगप्रमुखको उम्मेदवार फेरि २०७४ मै प्रदेशसभा सदस्य सदस्यमा उम्मेदवार रहेका रहवरले तेस्रो प्रयासमा जनप्रतिनिधिमा निर्वाचित भएका छन् । करिव ३७ वर्ष उमेर समूहका अन्सारी हालसम्म पर्साबाट निर्वाचित जनप्रतिनिधि मध्ये सबैभन्दा कम उमेर समूहका युवा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण