सुर्खेत २ मा कांग्रेस नेता हृदयराम थानीको ‘हयाट्रिक’, यस्तो छ थानीको राजनीतिक यात्रा
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे ।
एमाले नेता विसीले २९ हजार ५५८ मत प्राप्त गरे। थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जिते । ०७४ मा नेकपा एमालेसँगको हारको बदला यो यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् । ०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए । रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।
थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् ।
को हुन् थानी ?
थानी ०१७ जेठ २६ गते पिता पद्मलाल थानी र माता देवी थानीको पुत्रको रुपमा बयलकांडा सुर्खेतमा जन्मिएका हुन् । अहिले उनी वीरेन्द्रगनर नगरपालिका–१ मा बस्दै आएका छन् । इन्जिनियररिङ क्याम्पस, पुलचोकबाट उच्च अध्ययनका क्रममा आइई गरेका उनले शंकरदेव क्याम्पस व्यवस्थापन संकायमा स्नातक र त्रिवि कीर्तिपुरबाट एमए गरेका छन् ।
विद्यार्थी राजनीतिमा शुरु देखि नै लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचोक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए। स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष थिए।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सुर्खेतको २०४५-२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए । नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९÷२०६० मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर पनि काम गरेको उनीसँग अनुभव छ ।
नेपाली कांग्रेसको १३ औं महाधिवशेनबाट उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भए । थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ। उनले पटक पटक जेल जीवन बिताएका छन। २०४२ सालको सत्याग्रहको बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्धारा गरिएको आन्दोलनका क्रममा सेन्टर जेल, पुगे । फेरि २०४६ सालको जनआन्दोलनमा उनलाई भद्रगोल जेलमा राखिएकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण