काठमाडौं १० बाट ह्याट्रिक गरेका राजेन्द्रकुमार केसीलाई ५१ केजीको मालाद्वारा स्वागत
बुधबार, ०७ मङ्सिर २०७९, ११ : २३
काठमाडौं क्षेत्र नं १० बाट प्रतिनिधिसभा सदस्यमा लगातार तेस्रो पटक विजय हासिल गरेका नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीलाई ५१ केजीको फुलमालाले स्वागत गरिएको छ । उनलाई विजय र्यालीका क्रममा शो माला लगाइदिएको हो ।
केसीले १४ हजार ४५८ मतका साथ यो पटक पनि विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् ।
केसीसँगै उक्त माला काठमाडौं क्षेत्र नम्बर १० (क)बाट विजयी हुने पुकार महर्जन र (ख)बाट विजयी हुने रमा आले मगरलाई पनि लगाइदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी छानबिन प्रकरण : कार्यदलको बैठक सुरु
-
हिंस्रक भर्सेस पीडित : कानुन कसका लागि ?
-
प्रदीपको ‘एक्लो’मा बेलायती स्टार जेमी बेकनले अभिनय गर्ने
-
आफूविरुद्ध पक्राउ पुर्जीको मागपछि नेतान्याहु क्रुद्ध, अमेरिकाको समर्थन
-
सहकारीको समस्या समाधान गर्दा अर्थतन्त्रको हित हुन्छ : अग्रवाल
-
१० महिनादेखि न्याय नपाएको भन्दै सडक अवरुद्ध