दैलेख २ मा २३ वर्षपछि गठबन्धनको बलमा कांग्रेसको 'कम ब्याक', दिक्पाल शाही विजयी
दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ। यहाँ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही निर्वाचित भएका छन्।
बिहीबार बिहान सम्पन्न मतगणना अनुसार शाही १५३ मतान्तरसहित विजयी भएका हुन्। उनले २० हजार १५८ मत ल्याएका छन्। शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए।
पोखरेल ०७० मा संविधान सभा सदस्य बनेका थिए । विजयी शाही ०७४ मा २ (ख) मा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए । ०७४ मा प्रदेशमा पराजित शाहीले यो पटक गठबन्धनको बलमा चुनाव जिते ।
०७४ मा शुन्य भएको कांग्रेसले यो पटक गठबन्धनको बलमा पराजयको बदला लिएको छ । ०७४ मा नेकपा माओवादीको साथ पाएको एमालेले तीन वटै क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेको थियो ।
यहाँ ०४८ सालयता कांग्रेस–नेपाल मजदुर किसान पार्टी र कांग्रेस–एमालेबीचमा कडा प्रतिस्पर्धा हुँदै आएको छ । ०५२ मा नेमकिपा एमालेमा समाहित हुनुभन्दा पहिला कांग्रेस–नेमकिपाबीच नै प्रतिस्पर्धा हुने गरेको थियो।
अहिले एमालेभित्र प्रभावशालि नेताको राजनीतिक यात्रा नेमकिपाबाट सुरुवात भएको देखिन्छ । यस क्षेत्रमा ०४८ यताका ६ वटा संसदीय चुनावमा कांग्रेसले २, नेमकिपाले १ र एमालेले तीन पटक चुनाव जितेको छ ।
०४८ सालमा कांग्रेसले जित्दा ०५१ को मध्यावधि चुनाव नेमकिपाले जितेको थियो । त्यो बेला एमालेको सांगठनिक अवस्था अहिलेका साना दलहरुकै अवस्थामा थियो । ०५१ मा नेमकिपाले जित्दा ०५६ मा पुनः कांग्रेसले चुनाव जितेको थियो । त्यस यता कांग्रेसले चुनाव जितेको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण