शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङ प्रदेश ‘१’ मा कांग्रेसका गुरुङ विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ४२
बिहीबार, ०८ मङ्सिर २०७९

लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ विजयी भएका छन् । गएराति सम्पन्न मत गणनाअनुसार एक हजार एक सय ६१ मतान्तरले एमालेका जमिन्द्रमान घलेलाई पछि पार्दै गुरुङ विजयी बन्न सफल भएका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार गुरुङले १८ हजार पाँच सय चार मत प्राप्त गरे । त्यस्तै, गुरुङका निकटतम प्रतिद्वन्द्वी एमालेका घलेले १७ हजार तीन सय ४३ मत पाए । 

यस क्षेत्रमा कूल ३७ हजार चार सय ३६ मत खसेको थियो । यी दुवै नेताबीच यसअघि दोस्रो संविधानसभा सदस्य पदका लागि मुख्य प्रतिस्पर्धा भएको थियो । दुवैजना दोस्रो संविधानसभा सदस्य चुनावमा तत्कालीन क्षेत्र नं १ बाट चुनाव लड्दा गुरुङभन्दा सात सय ९८ मत बढी ल्याएर घले निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप