लमजुङ प्रदेश ‘१’ मा कांग्रेसका गुरुङ विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ४२
लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ विजयी भएका छन् । गएराति सम्पन्न मत गणनाअनुसार एक हजार एक सय ६१ मतान्तरले एमालेका जमिन्द्रमान घलेलाई पछि पार्दै गुरुङ विजयी बन्न सफल भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार गुरुङले १८ हजार पाँच सय चार मत प्राप्त गरे । त्यस्तै, गुरुङका निकटतम प्रतिद्वन्द्वी एमालेका घलेले १७ हजार तीन सय ४३ मत पाए ।
यस क्षेत्रमा कूल ३७ हजार चार सय ३६ मत खसेको थियो । यी दुवै नेताबीच यसअघि दोस्रो संविधानसभा सदस्य पदका लागि मुख्य प्रतिस्पर्धा भएको थियो । दुवैजना दोस्रो संविधानसभा सदस्य चुनावमा तत्कालीन क्षेत्र नं १ बाट चुनाव लड्दा गुरुङभन्दा सात सय ९८ मत बढी ल्याएर घले निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण