सीके राउत नेतृत्वको जनमत बन्यो राष्ट्रिय पार्टी
मङ्गलबार, १३ मङ्सिर २०७९, १३ : ०४
सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो ।
थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ ।
यससँगै थ्रेस होल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले भने अहिले सम्म थ्रेस होल्ड कटाउने मत प्राप्त गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण