प्रतिस्पर्धी उम्मेदवारसँग प्रदीप पौडेलले गरे छलफल, सल्लाह सुझाव समेटेर अघि बढ्ने प्रतिवद्धता
काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरूसँग छलफल गरेका छन् । छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश केसी, मधुसुदन पाठक, विनिता अर्यालको उपस्थिति रहेको थियो ।
सहभागी उम्मेदवारहरूले निर्वाचित सांसद पौडेलले निर्वाचन पश्चात् छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
छलफल कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाडौं ५ मा सहभागी भएका सबै उम्मेदवारहरूका सल्लाह र सुझावका आधारमा आफू अघि बढ्ने बताए । आगामी दिनमा पनि उम्मेदवारहरुसँग गरिने यस्ता छलफलका कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
सो अवसरमा यस क्षेत्रका जनताको सल्लाह, सुझाव र गुनासाहरु तथा यस क्षेत्रमा रहेका समस्याहरू सम्बोधन गर्न र सांसदसँग जोडिने माध्यमका रुपमा प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको गुनासो एपलाई सांसद पौडेलको सचिवालयले थप परिमार्जनसहित अगाडि बढाउने विषयमा समेत छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण