बडियारपट्टीमा सालनालसहितको शिशु भेटियो
बिहीबार, १५ मङ्सिर २०७९, ११ : ०२
सिरहाको बरियापट्टी गाँउपालिकामा आज बिहान सालनालसहित वेवारिसे नवजात शिशु फेला परेको छ । बरियापट्टी गाँउपालिका ३ बजारदेखि देखी ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोको पारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।
।
स्थानीय अधिकलाल यादव खेत गएको वेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ इलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको टोलिले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्याएका छन्।
शिशु छोरा रहेको २ किलो ८ सय ग्राम वजन रहेको र स्वास्थ्य अबस्था राम्रो रहेको स्थानीय सञ्चारकर्मी मुकेश यादवले जानकारी दिए । शिशु जिल्ला अस्पताल सिरहा पठाउने तयारी भई रहेको बताइएको छ।
अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयको अनुमान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण