प्योङयाङमाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध
प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन् ।
अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको वासिंगटनले जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।
उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य भूमिमा प्रहार गर्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल)ले कोरियाली प्रायद्वीप र सम्पूर्ण विश्वको लागि गम्भीर सुरक्षा जोखिम खडा गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।
ब्लिन्केनले पछिल्लो प्रतिबन्ध अमेरिकी सहयोगी देशहरु दक्षिण कोरिया र जापानसँगको समन्वयमा गरिएको र अप्रिलमा युरोपेली युनियनले पनि तीन उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाइएको बताए ।
टोकियो र सियोलले शुक्रबार पनि नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । यसैबीच, दक्षिण कोरियाले एक ताइवानी र एक सिंगुरी नागरिकसहित आठ जनालाई प्रतिबन्ध लगाउने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण