इन्डोनेसियामा शक्तिशाली भूकम्प
आइतबार, १८ मङ्सिर २०७९, ०९ : ५८
क्वालालम्पुर–इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराइ ११२ किलोमिटर (७० माइल) थियो ।
भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ। तर इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले सो भूकम्पको म्याग्निच्युड ६ दशमलब ४ रहेको जनाएको छ ।
भूकम्प राजधानी क्वालालम्पुरसहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । गत महिना गएको विनाशकारी भूकम्पका कारण सहरमा ३३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प
-
यी हुन् नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू (पूर्णपाठसहित)
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार