बंगेरी पुलको काम अगाडि बढाउन सचिव सिग्देललाई संघीय सांसद श्रेष्ठको आग्रह

बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले प्रसौनी गाँउपालिका वडा नं ७ स्थित बंगेरी खोलामा अलपत्र अवस्थामा रहेको पुल निमार्णको काम अगाडि बढाउन आग्रह गरेका छन् ।
संघीय सांसद श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल,महानिर्देशक अर्जुनजंग थापालाई भेटी १ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निमार्णको काम अगाडि बढाउन आग्रह गरेका हुन् ।
कलैया र प्रसौनी गाँउपालिकाको जोड्ने बंगेरी खोलामा पुल निमार्णको काम १ वर्षदेखि अलपत्र अवस्थामा हुदाँ स्थानीयहरुले समस्या झेल्दै आएका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव सिग्देलसँगको भेटघाटमा संघीय सांसद श्रेष्ठले पथलैया–वीरगञ्ज औधोगिक करिडोर, गण्डक–फेटा क्यानल रोड, जितपुर–अमाटार फत्तेपुर हुदै रियलाईन्स चिनी मिल सम्म पुग्ने भित्री सडक तथा पुलको काम अगाडि बढाउन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
-
५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु