पेलेको स्वास्थ्यमा सुधार
बुधबार, २१ मङ्सिर २०७९, ०९ : १६
साउ पाउलोका डाक्टरहरूले अस्पतालमा पेलेको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । ८२ वर्षीय ब्राजिलका महान् फुटबलर गत मंगलबार अस्पताल भर्ना भएका थिए । शनिबार मात्र उनले ‘धेरै आशासहित बलियो’ रहेको सन्देश दिएका थिए ।
किमोथेरापीले प्रतिक्रिया दिन छाडेपछि उनलाई ‘इन्ड अफ लाइफ केयर’ सुरु गर्न लागिएको रिपोर्टहरू सार्वजनिक भएपछि पेलेको तर्फबाट सो सन्देश जारी भएको थियो । सन् २०२०१ को सेप्टेम्बरमा ट्युमरको अपरेसन गरेपछि तीन पटकका विश्वकप विजेताको नियमित उपचार भइरहेको छ ।
‘बिरामीको अवस्थामा सकारात्मक सुधार भइरहेको छ, विशेष गरेर श्वासप्रश्वासको सङ्क्रमणमा,’ उनका डाक्टरहरूले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘उनी स्टान्डर्ड रुममा रहेका छन् । उनको अवस्था स्थिर रहेको छ भने उनी होसमा रहेका छन् र नयाँ जटिलताहरू देखिएका छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण