शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पेलेको स्वास्थ्यमा सुधार

बुधबार, २१ मङ्सिर २०७९, ०९ : १६
बुधबार, २१ मङ्सिर २०७९

साउ पाउलोका डाक्टरहरूले अस्पतालमा पेलेको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । ८२ वर्षीय ब्राजिलका महान् फुटबलर गत मंगलबार अस्पताल भर्ना भएका थिए । शनिबार मात्र उनले ‘धेरै आशासहित बलियो’ रहेको सन्देश दिएका थिए ।

किमोथेरापीले प्रतिक्रिया दिन छाडेपछि उनलाई ‘इन्ड अफ लाइफ केयर’ सुरु गर्न लागिएको रिपोर्टहरू सार्वजनिक भएपछि पेलेको तर्फबाट सो सन्देश जारी भएको थियो । सन् २०२०१ को सेप्टेम्बरमा ट्युमरको अपरेसन गरेपछि तीन पटकका विश्वकप विजेताको नियमित उपचार भइरहेको छ ।

‘बिरामीको अवस्थामा सकारात्मक सुधार भइरहेको छ, विशेष गरेर श्वासप्रश्वासको सङ्क्रमणमा,’ उनका डाक्टरहरूले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘उनी स्टान्डर्ड रुममा रहेका छन् । उनको अवस्था स्थिर रहेको छ भने उनी होसमा रहेका छन् र नयाँ जटिलताहरू देखिएका छैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप