चिसो बढेपछि सीमा प्रहरी चौकी सिमकोट स्थानान्तरण
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् । नाम्खा–५ हिल्सा र वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका हुन् ।
उक्त क्षेत्रमा चिसो ह्वात्तै बढेपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरीलाई बस्न गाह्रो भएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । सो क्षेत्रको न्यूनतम् तापक्रम माइनसमा झरेको छ । “हिउँदमा प्रहरीलाई सो क्षेत्रमा बस्न कठिन हुन्छ, रासनपानीको पनि समस्या हुन्छ”, उनले भने, “वर्षेनि मङ्सिरपछि प्रहरी चौकी सदरमुकाम सार्ने गरेका छौँ ।”
प्रहरी सदरमुकाम झरेपछि चौकी रहेको भवनमा ताला लगाउने गरिन्छ । बर्सेनि जेठ लागेपछि सुरक्षाकर्मी पुनः सोही चौकीमा फिर्ता जाने गरेका छन् । हिल्सामा १३ र सुनखानीमा ११ प्रहरी कार्यरत थिए । गत वर्ष हिल्सा प्रहरी चौकीमा तैनाथ सुरक्षाकर्मीलाई नाम्खा–५ स्थित मुचु प्रहरी चौकीमा सार्ने गरिएको मल्लले बताए ।
चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) सीमा सुरक्षा चौकीको टोली भने चिसो बढे पनि सोही क्षेत्रमा खटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण