नयाँ सरकार गठनका लागि ठुला दलहरू मिल्नुपर्छ : सांसद थापा
नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरुले मिलेर अघि बढ्नुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरुले नयाँ सरकार गठनबारे एकठाउँमा उभिएर बहस गर्नुपर्ने बताए ।
राष्ट्रिय सञ्चार केन्द्र, नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे। संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतिको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाई थियो ।
सांसद थापाले ठूला राजनीतिक दलहरूले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीहरुको विकल्पको खोजी गर्न पुगेको जिकिर समेत गरे । उनले जनादेश विपरितका गतिविधि नगर्न पनि दलहरु सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।
त्यस अवसरमा काँग्रेस सांसद थापाले सबै राजनीतिक दलहरुसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजना समेत सार्वजनिक गरे । उनले भक्तपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण