अरनिको अन्तर्राष्ट्रिय पुरस्कार आचार्यको 'रुइबा' उपन्यासलाई
गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले २०७८ को 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' चीनमा स्थायी बसोवास गर्दै आएका साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित 'रुइबा' नामक कृतिलाई दिने निर्णय गरेको छ ।
तामाङ परिवेशमा आधारित यस कृतिमा लेखकले तामाङ पात्र र परिवेश मार्फत गहन विषयलाई पाठकमाझ प्रस्तुत गरेका छन् । उपन्यासमा 'न्याउली' नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिहरूलाई कहालीलाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उद्घाटित गरिएको छ । यो उपन्यासले एउटा महत्त्वपूर्ण मुद्दालाई आधिकारिक किसिमले उठाएको छ । कृतिका लेखक अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच यो पुरस्कार प्रदान गर्नेछ ।
यसअघि समितिले पुरस्कारका लागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको 'रूइबा' नगेन्द्र न्यौपानेको 'बर्मा र थाइल्यान्डभित्र नेपाल', अजित उत्सवको 'आकाश गंगाको किनार', दीपा मेवाहाङ्ग राईको 'यादको सन्दुक' र नरेश राईको 'तेप्लाय' संलग्न थिए ।
बिहीबार सम्पन्न सङ्घको 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति'को बैठकले उक्त सिफारिससँगै पुरस्कारका लागि 'रूइबा'लाई अनुमोदन गरेको छ ।
गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशी र सम्मानपत्रसहित 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' प्रदान गरिँदै आएको छ ।
उक्त पुरस्कार पहिलोपटक वि.सं. २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको 'संकलित गद्य रचना' लाई प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण