समानुपातिक सांसदको टुङ्गो लगाउन जसपा कार्यकारिणी समितिको बैठक सुरु
जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक सुरु भएको छ । प्रदेश सभाको समानुपातिक सदस्य चयनलगायतको विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हाे ।
जसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सात र समानुपातिकमा ५ गरी १२ सिट जितेको छ । त्यस्तै प्रदेश सभातर्फ मधेस प्रदेशमा नौ प्रत्यक्ष र सात समानुपातिक गरी १६, लुम्बिनी प्रदेशमा दुई प्रत्यक्ष र एक समानुपातिक गरी ३ र प्रदेश १ मा १ सिट समानुपातिक प्रतिस्पर्धाबाट ल्याएको छ । यसरी प्रदेश सभातर्फ जम्मा सिट संख्या २० रहेको छ ।
बैठकले प्रतिनिधि सभातर्फको पाँच समानुपातिक सिट र प्रदेश सभातर्फको नौ समानुपातिक सीटको टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादव नै चुनाव हारेका छन् । उनी सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भएका हुन् ।
मधेस प्रदेश र एक नम्बर प्रदेशमा केही सीटमा एमालेसँग चुनावी तालमेल गरेको जसपाले विगतको चुनावहरु भन्दा यसपटकको चुनावमा कमजोर देखिएको छ । त्यसको विषयमा पनि समीक्षा हुने स्रोतले जनाएका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण