कंगोमा विद्रोहीको हमलामा १३१ सर्वसाधारण मारिए : राष्ट्रसंघ
प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा १३१ नागरिकहरू नोभेम्बरमा एम २३ विद्रोही समूहको आक्रमणमा मारिएका राष्ट्र संघको एक अनुसन्धानले फेला पारेको छ । पूर्वी उत्तरी किभु प्रान्तको रुत्सुहुरु जिल्लाको किशिशे र बाम्बो नामक दुई गाउँमा नरसंहार भएको राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ।
सो आक्रमण विद्रोहीहरूमाथि वर्तमान सरकारले गरेको आक्रमणको बदला भएको राष्ट्रसंघीय अनुसन्धानले जनाएको छ । एम २३ ले नरसंहार अस्वीकार गरेको गरेको छ । तर देशमा रहेको संयुक्त राष्ट्रसंघको मोनुस्को शान्ति मिसनले १०२ पुरुष, १७ महिला र १२ बालबालिकालाई विद्रोही समूहले ‘नागरिक जनसंख्याविरुद्धको प्रतिशोधको अंशको रूपमा’ ‘मनमानी रूपमा मृत्युदण्ड’ दिएको जनाएको छ ।
कम्तिमा २२ महिला र पाँच बालिका पनि बलात्कृत भएको प्रतिवेदनमा उल्लेख छ । यो हिंसा एफडीएलआरलगायत एम २३ र अन्य सशस्त्र समूहहरू बीचको झडपको बदला स्वरूप रुट्सुर क्षेत्रका दुई गाउँहरू विरुद्ध हत्या, बलात्कार, अपहरण र लुटपाटको अभियानको एक भागको रूपमा गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ । मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर
-
सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
-
कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु
-
योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण
-
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण