सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध

सोमबार, २२ असार २०८३, २१ : २५
सोमबार, २२ असार २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार काठमाडौँमा जारी खेलाडी अक्सनमा १६ वर्षीय युवा खेलाडी प्रसिद्ध जैसीलाई काठमाडौँ गुर्खाजले अनुबन्ध गरेको छ ।

अक्सनका क्रममा युवा प्रतिभाहरूमाथि फ्रेन्चाइज टोलीहरूको विशेष चासो देखिएका बेला काठमाडौँ गुर्खाजले युवा खेलाडी जैसीलाई २ लाख रुपैयाँमा आफ्नो टोलीमा भित्र्याएको हो । 

सानो उमेरमै देशको प्रतिष्ठित फ्रेन्चाइज लिगको हिस्सा बन्न सफल प्रसिद्धको यो अनुबन्धलाई नेपाली घरेलु क्रिकेटमा युवा खेलाडीहरूको पहिचान र प्रवर्द्धनका रूपमा हेरिएको छ ।

काठमाडौँ गुर्खाजले उनीमाथि भरोसा देखाउँदै टोलीमा स्थान दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप