हिजाब विरोधी प्रदर्शन चर्किएकै बेला तेहरानले बोलायो बेलायत र जर्मनका राजदूत

इरानले शनिबार फेरि तेहरानस्थित बेलायती राजदूतलाई बोलाएको छ । देशव्यापी विरोध प्रदर्शनले तरंग उत्पन्न गरिरहेका बेला सरकारले तीन महिनाभन्दा कमको अवधिमा १५ औँ पटक विदेशी राजदूतलाई बोलाएको हो ।
विदेश मन्त्रालयले जर्मन राजदूत हान्स युडो मजेललाई बोलाएको एकदिनपछि बेलायती राजदूत साइमन शेरक्लिफलाई बोलाएको राज्य समाचार एजेन्सी आइआरएनएले जनाएको छ ।
१० साताको अवधिमा १५ पटक पश्चिमेली राजदूतहरुलाई बोलाइएको छ । ‘यो इरानविरुद्ध अभूतपूर्व दबाबको लागि इरानी कूटनीतिको जबाफ हो’ आइआरएनएले भन्यो । २२ वर्षीया कुर्द–इरानी महिला महसा अमिनीको मृत्यसँगै सुरु भएको प्रदर्शनपछि शरक्लिफलाई पाँच पटक बोलाइएको छ ।
हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा अमिनीलाई नैतिकतासम्बन्धी प्रहरीले थुनामा राखेको थियो । उनको १६ सेप्टेम्बरमा हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि तेहरानभर हिजाबविरोधी प्रदर्शन हुँदै आएको छ । इरानले प्रदर्शनलाई दंगा भन्दै प्रदर्शनकारीलाई विदेशी ‘शत्रु’ले उत्प्रेरित गरेको आरोप लगाएको छ । प्रदर्शनमा सहभागीमध्ये हजारौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये दर्जनौँलाई मुद्दा चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने
-
कोशी प्रदेश : नयाँ सत्ताको खेल सुरू, किनबेचको हल्ला !
-
मेसी आबद्ध हुने समाचारपछि मियामीमा थपिए ४० लाखभन्दा बढी ‘फ्यान फलोअर’
-
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
-
कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी