लकडाउनको तनावले किशोर किशोरीको दिमाग छिटो बुढो : अध्ययन
कोभिड १९ लकडाउनमा तनावको परिणामस्वरूप किशोर/किशोरीको दिमाग छिटो बुढो हुने गरेको एक अध्ययनले देखाएको छ । नतिजाहरु हिंसा, बेवास्ता र पारिवारिक असक्षमताको परिणामको रूपमा पहिले देखिएका प्रभावजस्तै रहेको अध्ययनले देखाएको छ ।
विचार र भावनाको मामिलामा किशोरावस्था एक कठिन समय हुन सक्छ र मस्तिष्कमा धेरै पुनर्गठन हुन्छ । महामारीले कोर्टेक्सलाई पातलो बनाएर तथा हिप्पोक्याम्पस र एमिग्डाला मस्तिष्क खण्डहरूको आकार बढाएर पुनर्गठनलाई तीब्र गरेको अध्ययनको निष्कर्ष छ ।
सोधकर्ताहरुले अमेरिकामा महमारीअघि सन् २०१६ नोभेम्बरदेखि सन् २०१९ को बीचमा ८१ किशोरको एमआरआई स्क्यानलाई सन् २०२० को अक्टोबरदेखि मार्च २०२२ सम्मको अवधिमा (लकडाउन खुलेपछिको महामारीको समय) ८२ किशोरसँग तुलना गरेका थिए ।
अनुसन्धानकर्ताहरूले किशोरावस्थामा मष्तिष्कमा हुने शारीरिक परिवर्तनहरू जस्तै कोर्टेक्सको पातलो हुने र हिप्पोक्याम्पस र एमिग्डालाको वृद्धि लकडाउनपछिको समूहमा पहिलेको भन्दा बढी रहेको पत्ता लगाएका थिए । अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयको बाइलोजिकल साइकेट्रियाः ग्लोबल ओपन साइन्समा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण