डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
शुक्रबार सोबारे ट्वीट गर्दै सङ्गठनले उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लाहरूमा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ।
'यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात र बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभी लगायतका अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ,' डब्लुएचओ कार्यालयका घटना प्रबन्धक चार्ल्स न्जुगुनाले उल्लेख गरेका छन् ।
स्वास्थ्य मन्त्री रुथ एसेङ्गले देशले सामना गरिरहेको इबोला प्रकोप बाहेक युगान्डाको जीवनलाई खतरामा पार्ने अन्य स्वास्थ्य आपतकालहरू पनि रहेको बताइन्। एसेङले डब्ल्यूएचओको सहयोगले प्रभाव विरुद्धको लडाइलाई बलियो बनाउन मद्दत गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा