सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेअर टू वाच : इमिलेनो मार्टिनेज (अर्जेन्टिना)

पोजिसन  :  गोलरक्षक, उमेर  :  २९ वर्ष
सोमबार, २६ मङ्सिर २०७९, २३ : ५६
सोमबार, २६ मङ्सिर २०७९

अर्जेन्टिनाका लागि नेदरल्यान्ड्विरुद्ध पेनाल्टी रोख्दै टिमलाई सेमिफाइनलमा पुगाउन महत्वपूर्ण भूमिका खेल्ने मुख्य खेलाडी हुन् मार्टिनेज ।

टिमका लागि दुई पेनाल्टी बचाउँदै उत्कृष्ट प्रदर्शन गरे । कोपा अमेरिकामा अर्जेन्टिनाका लागि कोलम्बिायाविरुद्ध पनि उत्कृष्ट पेनाल्टी बचाउ गर्दै उनले टिमलाई फाइनलमा पुगाएका थिए ।

पहिलो रोजाइका गोलकिपर मार्टिनेज सन् २०१० मा आर्सनलमा अनुबन्ध भएपछि इन्जुरी हुनु पूर्व सात पटक लोनमा अन्य क्लब गएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा लन्डन क्लबलाई त्यो वर्ष एफए कप उपाधि जित्न मद्दत पुग्यो ।

उनी पूर्ण रूपमा फिट भएपछि प्रिमियर लिग क्लब एस्टन भिल्लाले २० मिलियन युरोमा उनलाई अनुबन्ध ग¥यो । सर्जियो रोमेरोको स्थान पूर्ती गर्ने खेलाडीको खोजी पूरा भयो । रुसमा आयोजित विश्वकमा उनले मौका पाएनन् ।

अहिले अर्जेन्टिनाले क्रोएसियासँग सेमिफाइनल खेल खेल्दै गर्दा मार्टिनेज टिमका लागि महत्वपूर्ण खेलाडी सावित हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप