राजपुरका मेयरले ७ महिनामै पूरा गरे ३ वटा चुनावी प्रतिबद्धता
रौतहटको राजपुर नगरपालिकाका मेयर डा. राजिक आलमले चुनाव जितेको ७ महिनामै ३ वटा प्रतिबद्धता पूरा गरेका छन । राजपुरमा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी दिएर गरेको ५ वटा चुनावी प्रतिबद्धता मध्ये ३ वटा पूरा गरेका हुन् ।
सोमबार एक समारोहका बीच राजपुर नगरपालिकामा डाक्टर आलमले विधिवत् रुपमा १५ शैया अस्पताल भवनको शिलान्यास गरेका छन । मेयरको जिम्मेवारी पाएको मात्र ७ महिनामा ५ वटा मुख्य योजना मध्ये २ वटा योजना यस अघि नै पूरा भइसकेको तथा तेस्रो काम १५ शैया अस्पताल भवनको शिलान्यास भएको मेयर आलमले बताए।
चुनावी प्रतिबद्धता अनुसार यस अघि नगर अस्पतालमा अल्ट्रासाउन्ड संचालन र फतुवा पुलदेखि परोहा नगरपालिकाको सिमानासम्मको बाटोमा कालोपत्रे निर्माण गरिएको मेयर आलमले जानकारी दिएका छन् । अल्ट्रासाउन्ड जडान पछि नगरभित्रका बिरामीको उपचारमा सहजता र कालोपत्रे निर्माणले वर्षायाममा पनि आवतजावत सहज भएको मेयर आलमले बताएका छन् ।
डा. आलमले शिक्षा स्वास्थ र कृषि आफ्नो प्रमुख योजना भएकोले चाँडै नै यस कार्यलाई समेत अमूल्य परिवर्तन गर्ने मेयर आलमले बताएका छन । स्वास्थ्य मन्त्रालयबाट प्राप्त २३ करोड २६ लाख,साढे १५ हजारको कुल लागतमा १५ सैंयाको अस्पताल भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताएका छन् ।
टेण्डर प्रक्रिया बाट अस्पताल भवन निर्माणको जिम्मा चान्दी देवीले लिएको तथा अगामी २०८२ मंसिर ८ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता भएको अधिकृत ठाकुरले जानकारी दिएका छन् ।
त्यसैगरी फतुवा पुलदेखी परोहाको सिमाना सम्मको कालोपत्रे र अल्ट्रासाउन्ड जडान नगर विकास कोषको ५ करोड बढीको लगानीमा भएको प्रशासकीय अधिकृत बैजु ठाकुरले बताएका छन । राजपुर नगर प्रमुख डाक्टर राजिक आलम पुर्वमन्त्री तथा हाल नखु जेलमा रहेका महमद आफ्ताभ आलमका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इन्डिया दुर्घटनाको एक वर्ष, सुल्झिएनन् यी छ प्रश्नको रहस्य
-
७७ वटै जिल्ला सदरमुकाममा पुग्यो फाइबर इन्टरनेट, अब सबै वडा तहमा विस्तार गरिने: मन्त्री तिमिल्सिना
-
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा उपाध्यक्ष गिरीको उपस्थितिलाई लिएर संसद्मा प्रश्न
-
सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
-
कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण