जुम्लामा ३५ अर्बको लागतमा ‘जवा तिला’ हाइड्रोपावर बन्ने
जुम्लामा ठूलो क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ । जुम्लाको पातारासी गाउँपालिकाबाट बग्ने जवा नदी र जुम्लाकै तिला नदीबाट ठूलो क्षमता जलविद्युत आयोजना निर्माण हुन लागेको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको अध्यक्षतामा गत बुधबार सम्पन्न नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले जुम्लामा जवा र तिला जलविद्युत आयोजना निर्माणलाई तत्काल अघि बढाउने निर्णय गरेको छ। जुम्लामा कर्णाली प्रदेशकै ठूलो १ सय ५० मेगावाट क्षमताको जलविद्युत निर्माण हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्व कानुनमन्त्री तथा प्रदेश सभा सांसद नरेश भण्डारीले बताए । राष्ट्रिय प्रसारण लाइन भरपर्दो नभएकाले जवा र तिला जलविद्युत आयोजनाको निर्माण पश्चातमात्रै जुम्लाले पूर्णकालीन रूपमा अँध्यारोबाट मुक्ति पाउने भण्डारीको भनाइ छ ।
कर्णाली प्रदेशकै ठूलो जलविद्युत आयोजनाका रूपमा हेरिएको जवा तिला जलविद्युत आयोजना निर्माणका लागि ३५ अर्ब लाग्ने लागत अनुमान गरिएको छ । आयोजना निर्माणका लागि सम्पूर्ण सामग्री बाहिरी जिल्लाबाटै लिनु पर्नेछ । ३५ अर्ब लागतको उक्त आयोजनाको बजेट ऊर्जा मन्त्रालय विभाग हुँदै अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित हुनेछ भने क्रमागत योजनाका रूपमा निर्माण अघि बढ्ने भएकाले चालू आवबाटै विलम्ब नगरी निर्माण थाल्नु पर्ने भण्डारीको भनाइ छ ।
आयोजनाले कर्णाली समृद्धिको ढोका खुल्ने अपेक्षा छ । तथ्यांकअनुसार कर्णाली प्रदेशमा १८ हजार मेगावाट विद्युत उत्पादनको क्षमता भए पनि हालसम्म मुस्किलले पाँच सय मेगावाट विद्युत उत्पादन भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण