यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु
यमनको गृहयुद्धमा ११ हजारभन्दा बढीको बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । करिब आठ वर्ष अघिदेखि चर्किएको ११ हजार भन्दा बढी बालबालिका मारिएका वा अपांग भएका संयुक्त राष्ट्रसंघले सोमबार जनाएको हो ।
द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने पनि राष्ट्रसंघले आकलन गरेको छ । ‘यस द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने सम्भावना छ’, राष्ट्रसंघीय बाल निकाय युनिसेफले भनेको छ ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, ‘हजारौं बालबालिकाले आफ्नो ज्यान गुमाइसकेका छन् । हजारौँ अझै रोकथाम गर्न सकिने रोग वा भोकमरीबाट मृत्युको जोखिममा छन् ।’ पाँच वर्षमुनिका झन्डै २२ लाख यमनी बालबालिकाहरू कुपोषित भएका उनीहरुमध्ये धेरैजसो हैजा, दादुरा रोगहरूको चरम जोखिममा रहेका पनि युनिसेफले जनाएको छ । सन् २०१४ मा यमनको युद्ध सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण