सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ
काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन् ।
रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य प्रकृतिको समस्या भएका दुई सय ५८ पुरुष, तीन सय ५३ महिला र ९८ बालबालिकासहित केही जटिल रोगका बिरामीको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गणले जनाएको छ ।
गम्भीर प्रकृतिका रोग पहिचान भएका बिरामीलाई थप उपचारका लागि विभिन्न अस्पताल ‘रिफर’ गरिएको छ । सेनाका चिकित्सकसहित स्वास्थ्यकर्मीे सेवामा खटिएका थिए । आकस्मिक सेवाका लागि सेनाले एम्बुलेन्स सेवासमेत उपलब्ध गराएको थियो । शिविरमा गाउँपालिका र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले पनि सहयोग गरेको थियो । महोत्सवमा ‘हेलि प्याड’ निर्माण, सरसफाइलगायत अन्य व्यवस्थापकीय काममा पनि सेनाले सहयोग गरेको महोत्सवका संयोजक देवीलाल सुवेदीले बताए ।
बुधबार सकिएको महोत्सवबाट रु दुई करोड २५ लाख सङ्कलन भएको आयोजकले जनाएको छ । सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई रामकोटधाममै पुनःस्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सव सकिए पनि आर्थिक सङ्कलन अभियान जारी रहने छ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजको पहल र सङ्कल्पमा महोत्सव आयोजना गरिएको हो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गर्नुभएको गुरुकुल पाठशाला २०५६ सालमा तनहुँको देवघाट सरेको थियो ।
उक्त गुरुकुललाई पुनः रामकोटधाममै फर्काउने उद्देश्यले महोत्सव आयोजना गरिएको परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले बताए । गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनु पर्नेमा उनको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण