शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगममा रोजगारीको अवसर

शुक्रबार, ०१ पुस २०७९, ०७ : २०
शुक्रबार, ०१ पुस २०७९

नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो । 
 
रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ ।

आवेदन योग्य नागरिकलाई पुस २१ गतेभित्र आवेदन दिन निगमले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर  सात दिन पछिसम्म अर्थात् पुस २८ सम्म आवेदन दिन सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप