चन्दननाथमा पर्यटकको आगमन ८० प्रतिशतले घट्यो
कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा पर्यटक ह्वात्तै घटेका छन्। चालू आर्थिक वर्ष देखि यहाँ आउने पर्यटक घट्न थालेका हुन्।
चन्दननाथ गुठी समितिको तथ्यांकअनुसार अघिल्ला वर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दो क्रममा देखिन्थे । तर अहिले ओरालो लागेको चन्दननाथ गुठी समितिका अध्यक्ष पुर्णसिंह कठायतले बताए। चिसो बढ्दै जानू,बाटो गुणस्तरीयता नहुनु र हवाई यात्रामा समस्याका कारण पर्यटक आउन नसकेको उनले तर्क गरे।
चालू आर्थिक वर्षको अहिलेसम्म २ हजार ५ सय पर्यटकले चन्दनाथ मन्दिरको अवलोकन गरेका छन्। गत वर्षको तथ्यांक हेर्ने हो भने २० हजार पर्यटकले चन्दनाथ मन्दिरमा दर्शन पुगेका थिए। कर्णाली सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरे पश्चात राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटक जुम्ला पुग्थे ।
आचार्यले भने धेरैजसो विदेशी दर्शन गर्न आउथे, चन्दननाथको इतिहासबारे बुझ्ने, थेसिस गर्न विदेशीहरु अवलोकन गर्न आउने गरेका थिए, तर पछिल्लो समयमा निकै घट्दै गएको छ । आन्तरिक पर्यटक पनि त्यति राम्रो आउदैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण