सुपरम्यानको भूमिकामा नफर्कने हेनरीको घोषणा
सुपरम्यानको भूमिकालाई धेरै कलाकारले पर्दामा निभाएका छन्, तर यो सुपरहिरोको भूमिकासँग जुन जोडाई हेनरी केविलको भयो, त्यहाँ अन्य कोही जोडिन सकेनन् । आज पनि ‘मेन अफ स्टिल’का लागि उनलाई सम्झने धेरै छन् । तर, हेनरीले अब सुपरम्यानको भूमिकामा नफर्कने घोषणा गरेका छन् ।
हेनरीले सामाजिक सञ्जालमार्फत् एक भावुक पोस्ट लेख्दै सुपरम्यानको भूमिकामा नफर्कने घोषणा गरेका हुन् । जेम्स गुन र पिटर सेफ्रनका साथ मिटिङ गरेपछि हेनरीले सामाजिक सञ्जालमा लेखेका हुन् । ‘हरेक कोहीका लागि दुःखद खबर छ । म सुपरम्यानको भूमिकामा अब फर्कने छैन । जिम्मेवारी अक्सर फेरिन्छ । म यसको सम्मान गर्छु’, उनले लेखेका छन् ।
‘जेम्स एण्ड पिटरलाई एक युनिभर्स बनाउनु छ । म उनलाई र यो नयाँ युनिभर्सको तयारीमा जोडिएका सबैलाई शुभकामना दिन चाहन्छु । उनीहरू सबै, जो यति वर्षसम्म मेरो साथ उभिए । म थोरै दुःख व्यक्त गर्न सक्छु, तर हामीले यो पनि सम्झनु पर्छ, सुपरम्यान अहिले पनि छ । ऊ जसका लागि उभिन्छ, ऊ अहिले पनि छ र उसले कायम राखेको मिसायल अहिले पनि छ । लबेदा लगाउने मेरो समय गयो, तर जुन कुराका लागि सुपरमेन खडा हुन्छ, त्यो कहिल्यै पनि जाँदैन’, उनले लेखेका छन् ।
केही दिनअघि ड्वेन जोनसनले ‘ब्ल्याक एडम’को रिलिजको समयमा फिल्मको आगामी भागमा हेनरी केविल सुपरमेन बनेर फर्कने बताएका थिए । यो फिल्म डीसी एक्सटेन्डेड युनिभर्सको हिस्सा हुनेछ ।
हेनरी पहिलोपटक सन् २०१३ मा रिलिज फिल्म ‘मेन अफ स्टील’मा सुपरम्यान बनेका थिए । यो डिसी युनिभर्सको पहिलो फिल्म थियो र यो सुपरहिरो रिबूट फिल्म थियो । ‘बेटमेन भर्सेस सुपरम्यान’ र ‘जस्टिस लिग’मा उनले यो भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण