आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्षमानको स्वास्थ्यमा उल्लेख्य सुधार, अर्को हप्ता स्वदेश फर्किने

शुक्रबार, ०१ पुस २०७९, १४ : १४
शुक्रबार, ०१ पुस २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए । 

‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केहीदिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनुहुन्छ ।’  उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एक/दुईवटा राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ । चुनाव लगतै नयाँ सरकार बन्न लागेकाले पुनको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

पुनको उपचारमा सहयोग गर्न उनकी श्रीमती एवम् पूर्वसभामुख ओन्सरी घर्ती पनि सँगै गएकी छन् । पुन जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पुन लामो समयदेखि पीडित हुँदै आएका छन् । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप