सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेअर टू वाच : लियोनल मेस्सी

पोजिसन :  फरवार्ड, उमेर  :  ३५ वर्ष
शुक्रबार, ०१ पुस २०७९, १५ : ००
शुक्रबार, ०१ पुस २०७९

कतार विश्वकपका गोल्डेन बुटका दावेदार खेलाडी हुन् लियोनल मेस्सी । उनले यो विश्वकपमा ६ खेल खेल्दै ५ गोल र ३ असिस्ट उपलब्ध गराएका छन् । विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले टिमका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेस्सी फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि उचाल्ने दाउमा छन् ।

सन् २०१४ मा विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुँदै अर्जेन्टिनाले उपाधि उचाल्न सकेन । मेस्सीले सात वर्षपछि कोपा अमेरिका जितेर ठुलो सान्त्वना प्राप्त गरे । राष्ट्रिय टोलीबाट मेस्सीको त्यो पहिलो उपाधि थियो ।

मेस्सी अहिले पनि विश्वकप उपाधिको नजिक छन् । सम्भवतः मेस्सीका लागि यो अन्तिम र विशेष विश्वकप हुनसक्छ । मेस्सीको पछिल्लो फर्मलाई हेर्दा उनी उत्कृष्ट खेलाडीको पक्षबाट कुनै रूपमा कम छैनन् । उनको असिस्ट गर्ने क्षमता र बललाई खेलाउने क्षमता अझै पनि युवा अवस्थाको जस्तै छ ।

मेस्सीले अर्जेन्टिनाका लागि सन् २००५ देखि अर्जेन्टिनाका लागि १७१ खेल खेलेर ९६ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप