अक्षरमार्गले गर्यो सात सर्जकलाई सम्मान
अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने सर्जकहरुलाई सम्मान गरिएको हो ।
काभ्रेको पनौतीमा आयोजित सम्मान सर्मपण तथा पुस्तक लोर्कापण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा इतिहास शिरोमणि हरिराम जोशीलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ। यस्तै, समालोचक तथा साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ। साथै इतिहासकार प्रा डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान समर्पण गरिएको छ ।
यसैगरी, कृष्णसुन अक्षरमार्ग साहित्यिक सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार नरेशबिर शाक्य सम्मानित भए । साहित्यकार डा. गार्गी शर्मालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने साहित्यकार विजय ध्वज थापालाई ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्धारा सम्मानित गरिएको छ। यस्तै, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार रामसुन्दर देउजा सम्मानित भए ।
सम्मानित प्रतिभाहरूका बारे वरिष्ठ साहित्यकार मोहन दुवालले प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले सम्मानित प्रतिभाहरुलाई दोसल्ला, सम्मानपत्र प्रदान गरे। यस्तै, प्रल्हाद केसी र ध्रुबनारायण र्विन्द्र आषिस शैली, ध्रुब कृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरुलाई माला, टीका , मायाको चिनो तथा नगद प्रदान भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि केके कर्माचार्यले अक्षरमार्गको असल कर्मले सबैलाई असल काम गर्न प्रेरित गरेको बताए । त्यस्तै सम्मानित स्रष्टा हरिराम जोशीज्यूले संस्कृति मानिसको पहिचान भएको धारणा राखे । कार्य्क्रममा प्रा डा लक्षमणप्रसाद गौतम , प्रा डा पुरुशोत्तम लोचन श्रेष्ठ, डा गार्गी शर्मा, नरेशबीर शाक्य, विजय ध्वज थापा, सूर्य लाकोजू, विजय कर्माचार्य, तारा केसी लगायतले मन्तव्य व्यक्त गरे ।
अक्षरमार्गका संयोजक, साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा दुईवटा पुस्तक पनि लोर्कापण गरिएको थियो। सूर्यप्रसाद लाकोजद्धारा लिखित 'पनौतीका केही जात्रापर्वहरू’ र 'कवितामा समवेत स्वरहरू' नामक कविता सङ्ग्रहको पनि लोकार्पण भएको छ । उक्त सङ्ग्रहमा नेपालसहित अन्य देशका कविहरूका कविता सङ्ग्रहित छन । सो पुस्तकको टिप्पणी प्राडा शैलेन्दप्रकाश नेपालले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण