निष्पक्ष चुनाव नभए पाकिस्तान डुब्छ : इमरान खान
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देश डुब्न लागेको टिप्पणी गरेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)को सरकारहरूले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्न डिसेम्बर २३ मा आफ्ना विधानसभाहरू भंग गर्ने बताइरहेका बेला पूर्वप्रधानमन्त्री खानले देश डुब्न लागेको चेतावनी दिएका हुन् ।
‘जबसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुँदैन, हामी सबैलाई देश (पाकिस्तान) डुब्ने डर छ’, पीटीआईका अध्यक्ष खानले पञ्जाबका मुख्यमन्त्री परवेज इलाही र खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानसँगको भिडियो सम्बोधनमा भने ।
खानले स्वतन्त्र र निष्पक्ष निर्वाचन नै पाकिस्तानको समस्याको एकमात्र समाधान भएको बताए । सरकार हार्ने डरले नयाँ चुनावबाट ‘डराएको’ उनले आरोप लगाए । उनले भने, ‘दुवै सभा विघटन गरेपछि प्रदेशमा चुनाव गराउँछौँ । नेसनल एसेम्ब्लीमा हाम्रा सदस्यहरूको राजीनामा स्वीकृत भएको छैन सभामुखलाई राजीनामा स्वीकृत गर्न आग्रह गर्नेछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण