काठमाडौं उपत्यकाका यी सडकमा बढ्यो सवारी चाप
काठमाडौं उपत्यका ट्राफिक कार्यालयले कोटेश्वर, त्रिपुरेश्वर र लैनचौर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको जनाएको छ । जडिबुटीबाट कोटेश्वरतर्फ आउने, भद्रकालीबाट सुन्धारा हुँदै त्रिपुरेश्वरतर्फ जाने र सोह्रखुट्टेबाट लैनचौर आउने सवारी साधन चापमा चलिरहेको छ ।
उपत्यकाका अन्य चोकहरू ग्वार्को, सातदोबाटो, गौशाला, चावहिल, मित्रपार्क, नारायणगोपालचोक, बालाजु, नयाँबानेश्वर, थापाथली, कालीमाटी र पुतलीसडकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्नेछ ।
खानेपानीको पाइप मर्मतको कार्य भइरहेका कारण महाराजगञ्ज शीतल निवास नजिकैको बाटो हुँदै सामाखुशीतर्फ जाने सवारी साधन चल्न सकेका छैनन् । आउने सवारी साधन भने सहजै आइरहेका छन् ।
बाटो मर्मतको विषयलाई लिएर स्थानीयले विरोध गरेका कारण उना थसी–चाल्नाखेल सडकखण्ड हुँदै चल्ने सवारी साधनलाई बैकल्पिक मार्गबाट चलाइएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण