१२ वर्ष देखि नदीको पानी पिउँदै जुम्लाका कैदी बन्दी
कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो। दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने वाध्यता छ।
कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ। कारागार जुम्लामा अनुसार यो समस्या अहिलेको होइन,१२ वर्षदेखि हो। कैदीले पहिले देखि बगिरहेको तिला नदीको पानी पिइरहेका छन्। २ सय कैदी बन्दीको क्षमता रहेको जुम्ला कारागारमा १ सय १० जना कैदीहरु छन्। जसमध्ये १ सय ८ पुरुष र २ महिला हुन्।
कैदीबन्दीको लागि एउटा मात्र धारा छ, त्यो पनि नियमित आउँदैन, नियमित पानी नआउँदा सरसफाइका क्रियाकलापमा कमी आउने गरेको जेलर बिष्णुबहादुर महतले जानकारी दिए। उनले भने संचालनमा रहेको धारामा नियमित पानी नआएकै कारण समस्या छ।साँझ र बिहान गरी २ घण्टा मात्रै धारामा पानी आउँछ। यहाँ दैनिक १० हजार लिटर पानीको जरुरत छ।
२ घण्टा आउने पानीले समस्या समाधान नहुने भन्दै जेलर महतले नियमित पानी आए मात्रै यो समस्या हट्ने बताए। उनका अनुसार अपुग पानी जेनेरेटर मार्फत तिला नदीबाट तान्छौ। अहिले कारागारमा पानीको संकट परेको छ। जेनतेन अहिले थुनवा र कैदीलाई आवश्यक पर्ने पानीको बन्दोबस्त गरिएको कारागार जुम्लाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण