करारमा कार्यरत कर्मचारीलाई ‘कर्णाली प्रोत्साहन भत्ता’ दिँदै कर्णाली सरकार
मङ्गलबार, ०५ पुस २०७९, १८ : ५०
कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरूलाई ‘कर्णाली प्रोत्साहन’ भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् ।
यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र मुगु, डोल्पा र हुम्लाका कर्मचारीहरूलाई १० हजार ‘कर्णाली प्रोत्साहन भत्ता’ दिइने छ ।
मंगलबार सबै मन्त्रालय र प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरूलाई उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण