सोलुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट
सोलुखुम्बुमा आगोलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ । प्रणय राईको घरमा आगो प्रवेश गरेको छ । आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् । सल्लेरीबाट नगरपालिकाको दमकल झिकाएको वडाध्यक्ष घनराज सुनुवारले बताए ।
आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दम्कल प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण