परिवर्तनको पक्षमा स्वविवेकी निर्णय गरेँ : पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफूले परिवर्तनको पक्षमा स्वविवेकी निर्णय गरेको बताएका छन् । पार्टीको संसदीय दलको निर्वाचनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ भन्ने स्पष्ट पारेका हुन् ।
पार्टीको संसदीय दलको नेताको उम्मेदवार रहेका गगन थापाको पक्षमा कि ढिला गरी खुल्नुभयो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै पौडेलेले भने, ‘बाहिरबाट आ–आफ्नै ढंगको न्यारेटिभ बनाइन्छ । तर हरेक मान्छेले आफ्नो विवेक प्रयोग गर्छ । हामी जत्तिको मान्छेले विवेक प्रयोग गरेर निर्णय नगर्ने हो भने कहाँबाट सुधार सम्भव हुन्छ ।’
उनले थपे, ‘खासगरी पुस्तान्तरणको पक्षमा अग्रजहरूलाई सम्मान गर्दै अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ, कार्यशैली बदल्नुपर्छ, आम निराशा जुन देखिएको छ, त्यसलाई अन्त्य गरी रक्तसञ्चार गर्नुपर्छ भन्ने नै हो । आज राजनीतिप्रति जुन विश्वास घटेको छ, त्यसलाई बढाउनका निम्ति हामीले फरक ढंगबाट आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । त्यसैले परिवर्तनको पक्षमा लाग्नुपर्छ भन्ने लागेर स्वविवेकी निर्णय गरेको हो मैले ।’
उनले कसले के पाउने भनेर लोभ लालचमा परेर यो निर्णय नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘पछिल्लो पुस्ताको व्यवहार नै नागरिकलाई चित्त बुझेन । व्यवहार परिवर्तनको मुख्य विषय हो । राष्ट्रिय प्राथमिकता के हुनुपर्छ, त्यसमा जनताको स्वार्थ कसरी जोडिनुपर्छ भन्ने मुख्य कुरा हो । आम मतदाताले महसुस गर्ने गरी सुधारको पक्षमा राज्य र सरकारले काम गर्न जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण