मधेश प्रदेशमा सांसदको शपथ गराउने ज्येष्ठ सदस्यको टुंगो लाग्यो
बुधबार, ०६ पुस २०७९, १३ : १८

मधेश प्रदेशका प्रदेश सभाका सांसदहरुलाई शपथ खुवाउने ज्येष्ठ सदस्यको टुंगो लागेको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले ज्येष्ठताका आधारमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपाने (सप्तरी) ले शपथ गराउने चय भएको जानकारी दिए । न्यौपानेको उमेर ७१ वर्षको रहेको छ ।
यद्यपि न्यौपाने अस्वस्थ रहेमा शारदा शंकर कलवारले सांसदहरुको शपथ गराउने तयारी भएको उनको भनाइ छ । शारदा शंकरको उमेर ७० वर्ष रहेको छ । प्रदेश सभा सदस्यलाई शपथग्रहण कहिले गराउने भन्नेबारे भने अहिलेसम्म निश्चित भएको छैन । सचिवालयले अगामी आइतवार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू
-
योजना आयोगका उपाध्यक्ष अधिकारी र अर्मिडा सेल्सियाबिच भेटवार्ता
-
राजश्व सङ्कलन गर्ने विधेयक लुम्बिनी प्रदेश सभामा पेस