मधेश प्रदेशमा सांसदको शपथ गराउने ज्येष्ठ सदस्यको टुंगो लाग्यो
बुधबार, ०६ पुस २०७९, १३ : १८
मधेश प्रदेशका प्रदेश सभाका सांसदहरुलाई शपथ खुवाउने ज्येष्ठ सदस्यको टुंगो लागेको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले ज्येष्ठताका आधारमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपाने (सप्तरी) ले शपथ गराउने चय भएको जानकारी दिए । न्यौपानेको उमेर ७१ वर्षको रहेको छ ।
यद्यपि न्यौपाने अस्वस्थ रहेमा शारदा शंकर कलवारले सांसदहरुको शपथ गराउने तयारी भएको उनको भनाइ छ । शारदा शंकरको उमेर ७० वर्ष रहेको छ । प्रदेश सभा सदस्यलाई शपथग्रहण कहिले गराउने भन्नेबारे भने अहिलेसम्म निश्चित भएको छैन । सचिवालयले अगामी आइतवार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण