आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

'सुरक्षित आवास कार्यक्रम’अन्तर्गत जुम्लाका २२ सय घरका छाना फेरिँदै

बिहीबार, ०७ पुस २०७९, ०९ : ३०
बिहीबार, ०७ पुस २०७९

यस वर्ष जुम्लामा सरकारी पूर्ण अनुदानमा ठुलो सङ्ख्यामा जीर्ण घरका छाना फेरिने भएको छ । नेपाल सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो । जसमा जुम्लाका ८  स्थानीय तहमध्ये ३ गाउँपालिकामा २ हजार २ सय ४३ वटा घरका छाना फेरिने छन्। 

जुम्लाको १ मात्रै चन्दननाथ नगरपालिकामा १ हजार २ सय १९ घरका छाना फेरिने छन् । पहिलाका नियमित तर्फका ३ सय १९ र अहिले थपिएका ९ सय घर गरी कुल १२ सय १९ घरमा जस्ताको छाना फेरिने चन्दनाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले जनाए। कठायतका अनुसार कार्यविधि अनुसार विपन्न नागरिक छनोट गरिएको छ । विगत भन्दा ९ सय घर थपिएका विपन्नले राहत पाउने उनको आशा छ। 

तातोपानी गाउँपालिकामा ५ सय १२ वटा जीर्ण घरका छाना फेरिने तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । हिमा गाउँपालिकामा पनि ५ सय १२ वटै घरका छाना फेरिने छन्। विगतमा ६०र६२ घरका मात्रै छाना फेरिन्थे।यो वर्ष ठुलो संंख्यामा थपिएर ५ सय १२ घर पुगेको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले दाबी गरे। 

तातोपानी, हिमा र चन्दननाथमा छाना फेर्न अहिले ठुलो सङ्ख्यामा कोटा थपिनुमा सघन सहरी तथा भवन निर्माण आयोजनाका सव–इन्जिनियर चन्द्र खड्काको योगदान रहेको छ। पातारासी, गुठिचौर, तिला, कनकासुन्दरी र सिंजा गाउँपालिकाका अध्यक्षहरूले कति कोटा स्वीकृत भएको भन्ने एकिन जानकारी आई नसकेको जनाएका छन्।

छाना फेर्न प्रति लाभग्राहीले ७५ हजार अनुदान पाउने छन् । विगतका वर्षमा ५० हजार अनुदान थियो । यस वर्ष २५ हजार थपेर ७५ हजार प्रति लाभग्राहीले पाउने छन्। प्रति लाभग्राही ७५ हजारका दरले हिमा, तातोपानी र चन्दननाथका २ हजार २ सय ४३ जनालाई १६ करोड ८२ लाख २५ हजार बजेट लगानी गरिने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र खड्काले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप