मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्डलिङ्कलाई नोकियाको 'होम कनेक्टिभिटी सर्भस इनोभेसन' अवार्ड

शुक्रबार, ०८ पुस २०७९, ११ : ०६
शुक्रबार, ०८ पुस २०७९

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ ।  

सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिङ्कले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिङ्कलाई विजेताको रूपमा चयन गरिएको हो ।

'हिमाल, बरफ तथा हिउँ, खोला एवम् वन्यजन्तु जस्ता प्रतिकूल परिस्थितिमा समेत ग्राहकलाई जोडेको  नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकोले सर्भिस इनोभेसनः इन-होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिङ्कलाई प्रदान गरिएको छ ', नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनेकी छिन् । 

हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या सात लाख भन्दा बढी तथा प्रयोगकर्ताको सङ्ख्या ३० लाख भन्दा धेरै छ ।  देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजार भन्दा बढी स्थानमा फ्री वाईफाई सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप