‘मनि एक्सचेन्ज’का लागि अब प्रहरी रिपोर्ट अनिवार्य
शुक्रबार, ०८ पुस २०७९, १८ : ४८
मनि एक्सचेन्ज अर्थात् विदेशी मुद्रा विनिमय कारोबार गर्ने एजेन्टहरुले अब अनिवार्य प्रहरी रिपोर्ट बुझाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ तथा विदेशी विनियमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ लाई संशोधन गर्दै विभागले विनियम ४ को उपविनियम ३ मा इजाजत प्राप्त गर्न वा इजाजत पत्र नवीकरण गर्न प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि (क्रिमिनल रेकर्ड) नदेखिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ । यदि क्रिमिनल देखिएपनि उक्त व्यक्तिले सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नुपर्ने प्रावधान विनियमावलीमा व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण