जसपामा संसदीय दलको नेता चयन गर्न समिति गठन
शनिबार, ०९ पुस २०७९, १४ : ३२
जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन् । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको छ, त्यसैका लागि विधानतः यो समिति गठन गरेको हो ।
उनले भने, ‘सम्भवतः सहमतिमा नै नेता चयन हुनेछ तर विधानअनुसार प्रक्रिया पुरा गर्नका लागि यो समिति गठन गरिएको हो ।’ जसपा नेपालसँग सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२ जना सांसद रहेका छन् । संसदीय दलका नेताका लागि अशोक राई, राज किशोर यादव, रामसहाय यादव, नवलकिशोर साह आकाङ्क्षी रहेका छन् । उनीहरूको बीचमा सहमति जुटाउने प्रयास हुनेछ । नभए लोकतान्त्रिक प्रक्रियाबाट टुङ्गो लगाइएको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण