लासीमा खाद्य डिपोको वितरण केन्द्र स्थापना गर्न हस्ताक्षर सङ्कलन
पातारासी गाउँपालिकामा बुद्धिजीवी तथा युवा समाजले खाद्य डिपोको वितरण केन्द्र स्थापना गर्न हस्ताक्षर सङ्कलन अभियान थालेका छन्। गाउँपालिका भरिएका करिब १ हजार ५ सय ७५ जनाले एकमुष्ट हस्ताक्षर गरेका हुन्।
पातारासी –५ का अगुवा भक्त बहादुर बुढाको संयोजकत्वमा यो अभियान थालिएको छ। बुढाका अनुसार जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पातारासी गाउँपालिका खलङ्गादेखि निकै टाढा पनि रहेकोले अनुदानको नुन चामल वितरण केन्द्र डिपो माग गरेका हुन्। सङ्कलित हस्ताक्षर स्थानीय सरकार गाउँपालिका, जिल्ला प्रशासन कार्यालय,नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड जुम्लामा बुझाउने तयारी छ।
संघीय संरचना अनुसार मुकाममा रहेका कार्यालयहरू विकेन्द्रीकरण हुनु पर्ने हो तर नुन र चामल वितरण गर्न डिपो खलङ्गा सदरमुकाममै छन् । यद्यपि सिंजा भेगमा पर्ने नराकोट र गोठीज्यूलामा भने नुनको डिपो राखेर स्थानीय स्तरमै वितरण गर्ने गरिएको छ। सङ्घीयता अघिदेखि नै जुम्लाकोट र धापामा चामलको डिपो भए पनि डिपोमा चामल पाइने गरेको छैन । चौधविस पातारासी गाउँपालिका जहाँ ७ वटा वडा रहेका छन् । त्यो क्षेत्रमा नुन चामलको डिपो छैन । अहिले पनि त्यहाँका स्थानीय नुन चामलका लागि सदरमुकाम खलंगामा धाउने गरेका छन् । ०७८ प्रारम्भिक तथ्याङ्क अनुसार ३ हजार १ सय ९१ घरधुरी र १६ हजार ८ सय ८१ जनसङ्ख्या रहेको पातारासी गाउँपालिका सबैभन्दा टाढा हुरीमहरी गढीगाउँबाट आउजाउ दुई दिनको पैदल दुरीमा रहेको खलङ्गा पिडोमै पुगेर अनुदानको नुन चामल लिने गरेको स्थानीय बुढाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण