हराउँदै गए तेल पेल्ने पुर्ख्यौली ‘दुनेडी’
जुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ। प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो।
केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युतको विकासका कारण परम्परागत दुनेडी लोप हुँदै गएको चन्दननाथ नगरपालिका २ की रमा उपाध्यायले बताइन्। उनले भनिन्,सदरमुकाम खलंगा नजिक पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ।अहिले जुम्लाको सबै ६० वटै र ८ वटै स्थानीय तहका गाउँबस्तीमा बाटो पुगेको छ,आजभोलिका युवायुवतीहरू परम्परागत उपकरण बनाउन प्रति रुचिकर देखाउँदैनन्।
तेलहन बालीको खेतीपाती गर्न पनि सक्रियताले लाग्दैनन्। बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका धारा र स्वस्तिक लगायत खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन बन्दै गएका हुन्। जुम्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदैछ।
पाँच छ वर्ष पहिले काठ वा ढुंगाले बनाइएको दुनेडीमा विशेषगरी तोरी, ढटेलो, चुली,आरु, सुर्यमुखी,भागो,फर्सी,ओखरलगायत पेलिन्थ्यो,तर अहिले यसकाे प्रयोग देखिन छोडेको छ। यी फलबाट दुनेडीमा महिलाले दुई हातले पिसेर तेल निकाल्थे। पुराना उपकरण आज भोलि फाट्टफुट्ट देखिन्छन्। यसैगरी काठले बनेको तेल राख्ने ठेकीसमेत लोप हुँदै गएको पाइन्छ।
बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि स्थानीयवासीले दुनेडीलाई बेवास्ता गर्दै आएको गुठिचौर गाउँपालिका-१ निवासी रामबहादुर ऐडीले बताए । उनले भने,भनेका बेलामा जहाँ पनि तेल पाइन्छ, दिनभरिको मेहनत लगाएर कसले दुनेडी प्रयोग गर्छन् ? अब तेलका लागि दुनेडी लोप हुँदै गएकामा यहाँका बूढापाका चिन्तित छन् ।
जुम्लालगायत अन्य जिल्लामा विशेष अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो घट्न थालेको छ। कुनै समय आधाभन्दा बढी समय तेलहन बालीमै बिताउने यहाँका बासिन्दा पछिल्लो समय दुनेडी विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि यो खेती छोडेको हिमा गाउँपालिकाकी कल्पना परियार बताउँछिन्। केही वर्षअघिसम्म यस्ता दुनेडीको प्रयोग प्रत्येकको घरमा हुनेगरेकामा पछिल्लो समय हराउँदै गएको छ।
यहाँका केही पुराना बूढापाकाले मात्रै दुनेडी बनाउने गरे पनि युवापुस्तामा भने यसलाई बचाइराख्न रुचि नभएको पाइन्छ। जति मूल्य परे पनि बजारमा पाउने प्याकेटका तेल खरिद गर्न तयार हुने गरेकाले उनीहरुमा यो पेशालाई जोगाइ राख्न जागरुकता नभएको देखिन्छ। अहिले काठले बनाइएको दुनेडी कमैको घरमा मात्रै देखिने गरेकाले युवा पुस्तालाई दुनेडी बनाउनसमेत आउँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण