आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश एक : नेपाली कांग्रेस संसदीय दलको निर्वाचन तालिका सार्वजनिक

मङ्गलबार, १२ पुस २०७९, १२ : ५८
मङ्गलबार, १२ पुस २०७९

नेपाली कांग्रेस प्रदेश एकमा संसदीय दलको नेता चयनको लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । 

पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । सोहि दिन बिहान ११ः३० मा अन्तिम नामावली सार्वजनिक गरिने छ । 

पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप